नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ र तेजाबी सुज १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो।







