बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको बार्षिक साधारणसभा आज फागुन ५ गते वालनट विष्ट्रो एण्ड व्यांक्वेट, पानीपोखरी काठमांडौमा बिहान ११ बजेदेखि सुरु हुने छ ।
सभामा आर्थिक वर्ष २०७८र७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९र८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । सभाले सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको चयन गर्नेछ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा भने गरेको छैन ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १९ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । जसअनुसार माघ १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।







