मेरा विरुद्ध आएका समाचारमा कुनै सत्यता छैन : अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले आफ्नो विरुद्धमा आएका समाचारमा कुनै सत्यता नरहेको बताएका छन् ।

अध्यक्ष हमालले आज एक विज्ञप्ति जारी गर्दै आफूविरुद्ध नियोजित रुममा केही समाचारहरु प्रकाशन भएकोमा गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष हमालले उल्लेख गरेका छन्।

‘उल्लेखित समाचारमा लगाइएका आरोपहरु निराधार र कपोकल्पित छन्’, उनले भनेका छन्, ‘उक्त समाचारमार्फत मेरो चरित्रहत्या गर्न खोजिएको बिषयलाई मैले गम्भीर रुपमा लिएको छु। यस्तो तथ्यहीन भ्रामक समाचार प्रकाशन पत्रकारिताको मूल मान्यता, मर्म र सिद्धान्तअनुरुप हुनै सक्दैन।’

आफूले नेपालीबाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी नलिएको दाबी गरेका छन्। ‘मेरो व्यक्तिगत चरित्रहत्या गर्ने उद्देश्यले प्रायोजित रुपमा प्रकाशित समाचारहरुका सम्बन्धमा करिब २० वर्षदेखि विदेशमा रही विज्ञका रुपमा काम गर्दा नेपाली नागरिकको हैसियतमा काम गरेको छु’, विज्ञप्तिमा हमालले भनेका छन्, ‘मैले कुनै पनि कालखण्डमा नेपालीबाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी लिएको छैन। एउटा नेपाली नागरिक रहेर यो देशको सेवा गर्न पाउने विषयलाई मैले गर्वका रुपमा लिएको छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *