

नेपाली बजारमा (सोमबार) सुनको मूल्य उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने स्थिर रहँदै तोलाका १ हजार ३२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४५ रुपैयाँले घटेर चाँदी १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।
Artha Sanjal
अर्थ सन्जाल