

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० को दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
यस अवधिसम्ममा संस्थाले ६ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २९ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७६.९५ प्रतिशतले घटेको छ।
समीक्षाको अवधिमा संस्थाले ३९ करोड १७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा संस्थाले ६० करोड ५२ लाख रुपैयाँ रहेको थियो ।
संस्थाको संचालन मुनाफा ९ करोड ४८ लाख रूपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा संस्थाको यस्तो मुनाफा ४ करोड २० लाख रुपैयाँ रहेको थियो ।
हाल संस्थाको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४८ करोड ९३ लाख रुपैयाँ रहेको छ ।
संस्थाको निष्कृत कर्जा अनुपात ३.५५ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ । निष्क्रिय कर्जा बढ्दा संस्थाको नाफा समेत प्रभावित भएको छ ।
यस अवधिसम्ममा संस्थाको प्रतिसेयर आम्दानी ११.३० रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १७१.१९ रुपैयाँ रहेको छ । त्यसैगरी मूल्य आम्दानी अनुपात ६७.८८ गुणा रहेको छ ।
अर्थ सन्जाल