मर्जर प्रयोजनका लागि रोक्का राखिएको कुमारी बैंकको सेयर कारोबार फुकुवा गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आजको निर्णयबाट कुमारी बैंकको सेयर कारोबार फुकुवा गरिएको हो। अब बैंकको आउँदो सोमबारबाट धितोपत्र दोस्रो बजारमा सेयर कारोबार आउनेछ।
नेप्सेमा एनसीसी बैंकलाई प्राप्ति गरेपछि कुमारी बैंकका नाममा दुवै बैंकको गरी २६ करोड २२ लाख ५८ हजार ६१३.५७ कित्ता सेयर आज सूचीकृत भएको छ। यी दुवै बैंक १:१ अनुपातमा मर्ज भएका हुन्।
नेप्सेले कुमारी बैंकलाई केबीएल कारोबार संकेत प्रदान गरेको छ भने ओपनिङ रेन्ज प्रतिकित्ता १८९.५६ रुपैयाँ तोकेको छ।







