

माछापुच्छ्रे बैंकले बैंकमा ०.५ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका सेयरधनीको विवरण सार्वजनिक गरेको छ । बैंकले आर्थिक वर्ष ७८/७९ को वार्षिक प्रतिवेदन मार्फत बैंकमा ०.५ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका सेयरधनीको विवरण सार्वजनिक गरेको हो । माछापुच्छ्रे बैंकमा ठूला २० सेयरधनीको ५६.५० अर्थात् ५ अर्ब ७४ करोड ३३ लाख २४ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ ।
बैंकमा सबैभन्दा धेरै सेयर सुरेन्द्र महतोको रहेको छ। बैंकमा महतोको ११.११ प्रतिशत अर्थात् एक अर्ब १३ करोड ९१ लाख ७ हजार सेयर स्वामित्व रहेको छ ।
त्यसैगरी, दोस्रोमा उपेन्द्र महतोको ९.१४ प्रतिशत अर्थात् ९३ करोड ७१ लाख ८८ सेयर स्वामित्व रहेको छ ।
बैंकमा प्रेम कुमारी केसीको ८.६८ प्रतिशत, पिकेआर इन्भेष्टमेन्ट कम्पनीको ६.५७ प्रतिशत, राम आशिष साहू सुदीको ४.२४ प्रतिशत, कृष्ण गोपाल श्रेष्ठको २.०६ प्रतिशत र डाक्टर धर्म राज श्रेष्ठको २.०३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
त्यसैगरी, करण मोटर कम्पनी प्रालिको १.५१ प्रतिशत, किरण केसीको १.४८ प्रतिशत, रोशन केसीको १.४८ प्रतिशत, प्रकाश केसीको १.२९ प्रतिशत, गणेश बहादुर श्रेष्ठको १.१९ प्रतिशत र राम जानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सम्लायर्सको ०.९९ प्रतिशत सेयर स्वामित्व बैंकमा रहेको छ ।
त्यस्तै, एशोसियटेड अटोमोबाइल्स प्रालिको ०.९३ प्रतिशत, श्री हिमालयन इन्टरप्राइजेज प्रालिको ०.८० प्रतिशत, प्रनेश्वर पोखरेलको ०.७२ प्रतिशत, अजड श्रेष्ठको ०.६४ प्रतिशत, बिरेन्द्रप्रसाद महतोको ०.६१ प्रतिशत, राजन लाल श्रेष्ठको ०.५३ प्रतिशत र दिनेश लाल श्रेष्ठको ०.५१ सेयर स्वामित्व रहेको बैंकले प्रकाशन गरिएको विवरणमा उल्लेख छ ।
अर्थ सन्जाल