सेयर बजारमा झिनो अंकको गिरावट, साढे ४ अर्ब माथिको काेरोबार

सेयरबजारमा  झिनो अंकको गिरावट आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ९.०१ अंकले घटेर २१७३.१० बिन्दुमा पुगेको हो । सेयर बजार २२७७ बिन्दुमा पुगेर घटेको हो ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.९३ अंकले घटेर ४१३.९० बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २४८ कम्पनीको १३ करोड ३० लाख ४ हजार १४० कित्ता सेयर किनबेच भएको छ । यसदिन ४ अर्ब ९२ करोडमाथिको कारोबार भएको छ ।

यसदिन ८० कम्पनीको सेयर मूल्य बढेको छ, भने १२१ कम्पनीको सेयर मूल्य घटेको छ । बाकि ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *