

सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ९.०१ अंकले घटेर २१७३.१० बिन्दुमा पुगेको हो । सेयर बजार २२७७ बिन्दुमा पुगेर घटेको हो ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.९३ अंकले घटेर ४१३.९० बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २४८ कम्पनीको १३ करोड ३० लाख ४ हजार १४० कित्ता सेयर किनबेच भएको छ । यसदिन ४ अर्ब ९२ करोडमाथिको कारोबार भएको छ ।
यसदिन ८० कम्पनीको सेयर मूल्य बढेको छ, भने १२१ कम्पनीको सेयर मूल्य घटेको छ । बाकि ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
Artha Sanjal
अर्थ सन्जाल