नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज मेगा बैंक, गुराँस लाइफ इन्स्योरेन्स र रुरु जलविद्यूत कम्पनीको आ-आफ्नै साधारण सभाबाट पारित भएको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
मेगा बैंकको ४ प्रतिशत दरका कुल ६४ लाख ४८ हजार १८४ कित्ता, रुरु जलविद्युतको १० प्रतिशत दरका कुल ४ लाख ४८ हजार ४७६ कित्ता र गुराँस लाइफ इन्स्योरेन्सको १५ लाख ५१ हजार २०० कित्ता गरी कुल ८४ लाख ४७ हजार ८६० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
उक्त सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।
Artha Sanjal






