अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

लमजुङमा सुन्तला उत्पादन घटेपछि किसान निराश

  • अर्थ सन्जाल
  • ४ माघ २०७९, बुधबार १५:०४


अन्य वर्षको तुलनामा केही वर्षयता लमजुङमा सुन्तला उत्पादन घटेपछि किसानहरू निराश भएका छन् । सुन्तलाको उत्पादन मात्रै नभएर सुन्तला बगैँचामा पनि कमी आएको छ । सुन्तला किसानहरूले व्यापारीसँग राम्रो मूल्यमा सुन्तला बिक्री गर्दै आएकामा केही वर्षयतादेखि सुन्तला उत्पादनमा कमी आएपछि किसानहरू निराश भएका हुन् ।

साबिकको कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचीकृत गरिएको बेँसीसहर नगरपालिका-११ चिती स्याउत गाउँमा अहिले सुन्तला बगैँचा मात्र देख्न सकिन्छ । कुनै समय सबैभन्दा बढी सुन्तला उत्पादन तथा बिक्री गरेर आम्दानी स्थानीय किसान भगवतीले पहिला-पहिला सुन्तला बिक्रीबाट वार्षिक छ लाखदेखि आठ लाख रुपैयाँसम्म आम्दानी गर्थे। तर केही वर्षदेखि उनको भने बगैँचामा कीरा लाग्ने र बोट सुक्दै जाने गरेकाले यस वर्ष ४०-५० हजार रुपैयाँ मात्रै आम्दानी भएको बताउँछन् ।

त्यस्तै, स्याउत गाउँकै रमेशराज पन्तको व्यथा पनि उस्तै छ । विसं। २०३५ बाट सुन्तला खेती सुरु गरेका उनले विगतमा २७ रोपनीमा सुन्तला खेती गरेका छन् । उनले वार्षिक तीन-पाँच लाख रुपैयाँ सजिलै आम्दानी गर्दै आएका थिए । तर २०६२ वैशाख ८ गते ठूलो असिनापानीले नौ सय बोट मर्नका साथै अन्य बोटहरूमा पनि रोग लाग्न थालेपछि उत्पादन घटेको बताउँछन्  ।

उनका अनुसार पहिला उत्पादन बढी भए पनि कम रकममा बिक्री हुन्थ्यो । अहिले धेरै बोट मरिसके, पहिले जसरी उत्पादन हुने भए अहिले वार्षिक ४०-५० लाख आम्दानी हुने पन्तको भनाइ छ । उनीहरु प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरु जस्तै जिल्लाका अधिकांश सुन्तला किसानको समस्या यस्तै छ । सुन्तला खेतीमा भविष्य देखेका र बनाउँदै गरेका किसान कीरा र रोगका  कारण आम्दानी घटेपछि चिन्तित भएका छन् । १२ देखि १४ वर्षमा ग्रिनिङ भाइरसका कारण सुन्तलाको जरा मर्ने, पात मर्ने, हाँगाहरू सुक्दै जाने, साना दाना लाग्ने, कम फल्ने समस्या आउने गर्दछ । तर समस्याको समाधान गर्न नसक्दा गाउँभरिका सुन्तला बारी सखाप हुन थालेको स्याउत गाउँका किसानहरू बताउँछन् ।

कत्लेकिरा, पतेरो लगायतका किराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन, ग्रिनिङ भाइरस जस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोट जस्ता काममा सुन्तला किसानहरूले ध्यान नपुगेकाले सुन्तला बगैँचा मासिँदै गएको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ मदन रेग्मीले बताए ।

साबिकको जिल्ला कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचीकृत गरेको साबिक चितिको स्याउत गाउँबाहेक तार्कुको गहते, करापुटारको बेतिनी, भोर्लेटारको लामासोती, भोटेओडार, उदिपुरको घिमिरे, गाउँसहर, लगायतका क्षेत्रमा रोग लागेर सुन्तलाका बोट मर्दै गएपछि बगैँचा मासिँदै गएको किसानहरू बताउँछन् । लमजुङमा उत्पादित सुन्तला काठमाडौँ, पोखरा, चितवन लगायतका सहर बजारमा राम्रो खपत हुने गरेको छ । तर अहिले उत्पादनमा कमी आएपछि जिल्लाकै लागि पनि उत्पादन अपुग भएको किसानहरूको भनाइ छ ।

यतिबेला प्रतिकिलो एक सय २० देखि एक सय ५० मा सुन्तला बिक्री वितरण हुँदै आएको छ । कृषि ज्ञान केन्द्र लमजुङका अनुसार यस चालू आर्थिक वर्ष जिल्लामा एक सय २५ हेक्टर जमिन क्षेत्रफलमा लगाइएको सुन्तला खेतीबाट पाँच सय २५ मेट्रिक टन मात्र सुन्तला उत्पादन भएको थियो । गत आर्थिक वर्ष २०७८-७९ मा एक सय ८० हेक्टर क्षेत्रफलमा एक हजार दुई सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको केन्द्रले जनाएको छ । 

त्यस्तै, आर्थिक वर्ष २०७७-७८ मा दुई सय १३ क्षेत्रफलमा एक हजार चार सय २४ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।

Artha Sanjal
मिती : ४ माघ २०७९, बुधबार १५:०४ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘हेटौँडा–काठमाडौँ सडक मर्मत दुई महिनामा’

सचिवको सरुवा र पदस्थापन

युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा

मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड

ताजा समाचार

  1. ‘हेटौँडा–काठमाडौँ सडक मर्मत दुई महिनामा’
  2. सचिवको सरुवा र पदस्थापन
  3. युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा
  4. मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड
  5. भ्यालेन्टाइन्स डेमा जगदम्बा मोटर्सले ल्यायो टीभीएस स्कुटरमा ‘टीभीएस लभ एक्सप्रेस’ योजना
  6. विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
  7. मन्त्रालयको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

विजनेश फोकस

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा, यस्ता छन...

बैंक खातासँग सम्बन्धित विवरण कसैलाई नदिन राष्ट्...

सेयर बजारमा ७६.६४ अंकको उछाल, कारोबारमा एनआईसी ...

क्यान इन्फोटेक मेला आजदेखि शुभारम्भ, सूचना प्रव...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.