

क्रिकेटर सन्दीप लामिछाने धरौटी बुझाएर थुनामुक्त भएको छन् । केन्द्रीय कारागारमा रहेका लामिछाने उच्च अदालत पाटनले धरौटीमा थुनामुक्त गर्न आदेश दिएबमोजिम धरौटी तिरेर आज रिहा भएका हुन् ।
सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालतमा २० लाख रुपैयाँ धरौटीको रकम बुझाएका थिए । पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले बिहीबार सन्दीपलाई २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।
किशोरी बलात्कार गरेको आरोपमा गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । त्यसपछि जिल्ला अदालतको आदेशले पुर्पक्षका लाथि जुनामा रहेका उनी ३ महिना ९ दिनपछि रिहा भएका हुन् ।
Artha Sanjal
अर्थ सन्जाल