नेप्सेमा थपियो एक लाख ९० हजार कित्ता सेयर

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज १ लाख ९० हजार कित्ता सेयर थपिएको छ।

नेप्सेमा आज आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो । यो लघुवित्तको कुल १ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ।

यो लघुवित्तले आर्थिक वर्ष २०७७/७८ का लागि कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश थिए।

सोही १९ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *