कांग्रेस संसद् समन्वय बोर्ड बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेस को संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन मा दिउँसो ३ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक अवस्था र सरकारका कामकारबाहीबारे छलफल हुने जनाइएको छ।

कांग्रेस संसदीय दलको विधानअनुसार गठन गरिएको बोर्डले संसद्सम्बन्धी काम, रणनीति र समन्वयमा भूमिका खेल्नेछ।

बोर्डमा सभापतिको नेतृत्वमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक, सचेतक तथा महामन्त्रीहरू रहने व्यवस्था छ।

बोर्डले संसद्‌मा पार्टीको एकीकृत धारणा तय गर्ने, विधेयक तथा नीतिमा समन्वय गर्ने र सांसद तथा पार्टी नेतृत्वबीच सम्पर्क सेतुको काम गर्नेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *