

कृषि विकास बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले हाल कायम चुक्तापुँजीको कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांशमा २ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश (लाभांश करसहित) छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।
Artha Sanjal
अर्थ सन्जाल