नेपाली बजारमा मंगलबार सुनको मूल्य ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ३ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार २९० रुपैयाँमा किनबेच भएको थियो ।




