नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् । माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थनमा उनले दाबी पेश गरेका हुन् ।
गत चुनावमा कुनै एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुकी ५ बजेसम्ममा संविधान धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई आह्वान गरेकी थिइन् ।
यअसघि कांग्रेस नेतृत्वकै गठबन्धनले सरकार बनाउने भनेपनि पावर शेयरिङका कुरा नमिल्दा उक्त गठबन्धन टुट्न पुग्यो । बिहान बालुवाटारमा बसेको निर्णायक बैठकमा पनि कांग्रेसले राष्ट्रपतिसँगै पहिला सरकारको नेतृत्व गर्ने दाबी नछाडेपछि गठबन्धन टुटेको हो ।
बैठकबाट बाहिरिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोट पुगेका प्रचण्डसहित अन्य दलको बैठककले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो । जसअनुसार प्रचण्डले राष्ट्रपतिसमक्ष दाबी पेश गरेका हुन् ।







