राष्ट्रिय वाणिज्य बैंकले १२.५ प्रतिशत लाभांश दिने

राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ । बैंकले सो आर्थिक वर्षका लागि चुक्ता सेयरपुँजीको कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (करसहित) छन् ।

बैंक सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले लाभांश प्रस्ताव गर्नुका साथै १७ औँ वार्षिक साधारणसभा पनि आह्वान गरेको छ।

बैंकले यही पुस २८ गते काठमाडौंको दरबारमार्गस्थित राष्ट्रिय वाणिज्य बैंकको सभाहलमा दिउँसो २ बजे साधारणसभा बोलाएको छ।

सभाले लाभांश अनुमोदन गर्नुका साथै उक्त आर्थिक वर्ष वार्षिक तथा लेखापरीक्षक प्रतिवेदन पनि अनुमोदन गर्नेछ। नेपाल सरकारबाट बैंकको सेयर पुँजीमा लगानीबापत प्राप्त १ अर्ब बैंकको जारी र चुक्तापुँजीमा थप गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। नेपाल स्टक एक्सचेन्जमा पुस १७ गतेसम्म कारोबार भई नियमानुसार सेयर नामसारी भएका सेयरधनीहरुमात्र सभामा सहभागी हुन तथा लाभांश पाउन योग्य हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *