काठमाडाैं । सेयर बजार ओरालो लागेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक १८.६० अंकले घटेर २००४.३० को विन्दुमा झरेको छ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक ३.२९ प्रतिशतले घटेर ३८२.९४ को विन्दुमा ओर्लेको छ। कारोबार रकम २ अर्ब रुपैयाँ बढीको भएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २८२ कम्पनीका ७० लाख ६१ हजार ४०४ कित्ता सेयर एक अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ रुपैयाँमा किनबेच भएका छन्।







