आईसीएफसी फाइनान्सद्वारा लाभांश प्रस्तावसहित साधारण आह्वान, बुकक्लोज कहिले ?

आईसीएफसी फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गर्नुको साथ वार्षिक साधारण पनि आह्वान गरेको छ ।

कम्पनी सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले आफ्नो १९औँ वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको वार्षिक साधारणसभा यही पुस २९ गते अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान १० बजे सुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै, फाइनान्सको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १९ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, पुस १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *