एनआईसी एसिया बैंकले यसपटक पनि लाभांश वितरण नगर्ने

एनआईसी एसिया बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि पनि लाभांश वितरण नगर्ने भएको छ।

बैंक सञ्चालक समितिको मंगलबार (पुस ५ गते) बसेको बैठकले सेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

एनआईसी एसिया बैंकले अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा लाभांश वितरण गरेको थिएन। गत वर्ष लाभांश घोषणा गरे पनि राष्ट्र बैंकले स्वीकृत नगर्दा लाभांश रद्द भएको थियो ।

सोही बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी स्वीकृति गर्ने निर्णय गरेको छ । अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय पनि बैठकले गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *