मेलेसियाबाट वर्ल्डरेमिटमार्फत सिधै एनआईसी एशिया बैंकमा पैसा पठाउन सकिने

एनआईसी एशिया बैंक र वर्ल्ड रेमिटबीच नयाँ सम्झौता भएको छ । बैंक र वर्ल्डरेमिटबीच मलेसियाबाट नेपालमा जुनसुकै बैंक खातामा तुरुन्त रकम पठाउन सकिने सम्झौता भएको हो ।

यसबाट मलेसियामा बस्दै आएका नेपालीले बिना झन्झट वल्र्डरेमिटको एप तथा वेबसाइटको प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा अनलाइनमार्फत तुरुन्त रकम पठाउन सक्नेछन् ।

यसबाहेक विदेशबाट आफुले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका यस बैंकका १२ हजारभन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहज रुपमा नगद लिन सकिने व्यवस्था समेत रहेको बैंकले जनाएको छ ।

वर्ल्डरेमिट एपका अलावा यसको वेबसाइटमा लगइन गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *