हामीले बजारमा चोकमा वा अन्यकुनै ठाउँमा हामीले देखेका माग्नेहरु जो कतिले भिखारी नामले पनि चिन्ने गर्दछौ । सडकमा हात फैलाइरहेको देख्दा जो कोही मनमा पनि चिसो पस्नु स्वाभाविक नै हो किनकी मान्छेमा मानवताको खोल ओडेर नै बाँचेको छ । वा भनौ हामी मानवताको भ्रममा नै बाँचेका छौँ ।
सडकमा निस्कने बेलामा आजकाल हाम्रो दिमागमा अलिकति खुजुरा रुपियाँ छ कि छैन भनेर एक पटक गोजी छाप्ने समय आएको छ । किनकि हामीलाई थाहा छ कि चोकमा निस्केपछि वा बजारमा निस्केपछि कोही सहयोगको आँखाले हाम्रो आँखामा जुधाउँछन् भन्ने कुरा हामीलाई थाहा भएसकेको कुरा हो ।
हामी बजारमा हुँदा कस्ता कस्ता मान्छे भेटछौ ? सोचौँ त कतिलाई देख्छौँ ? कतिसँग भेटछौँ ? ती भेटेका मानिसहरुको स्वाभाव सबै उस्तै छ ? भेटेका सबै मानिसहरुको बानी एउटै छ ?
आज हामी भिखारीकै कुरा गरौँ । सबै भिखारी माथिका मानिसजस्तै छन् । अलग छन् । यहाँ हामीले देखिरहेका सबै भिखारी सडकमा नै देखिरहेका छौँ हामी केहीदिनमै एक शृङ्खला अचम्मका भिखारी बारेमा गर्ने छौँ ।
यो समयमा हामी मानवताको खोल ओडेर होस् वा हृदयले आज्ञा दिएर होस् । सहयोग गर्न तम्तयार छौँ । र यो एक सुखद पक्ष पनि हो कि हामीले मानवता बिर्सन सकेका छैनौ भन्ने कुराको । हामीमा मानवता भएकै कारणले त हो नि हामीसँग यो जगत जोडिएको ।
यो व्यस्त समयमा जो कोहीलाई पनि आफूतिर केन्द्रीत गर्नु निकै ठूलो चुनौती रहेको हुन्छ । र त्यो चुनौती सडकमा बस्नेले सजिलै स्वीर्कान सक्छन् । हामीले सडकमा विभिन्न किसीमका भिखारीहरूलाई दिनहुँ देख्दै आइरहेका छौँ ।
यो शृङखलामा हामी उनीहरुको माग्ने शैलीलाई उजागर गर्ने प्रयास गर्दैछौँ । माग्नु भनेको के हो ? कसलाई र किन माग्ने ? सवृप्रथम हाम्रो मष्तिस्कमा आउने पहिलो प्रश्न नै यही हो ।
केपीको सरकार रहँदा भिखारी मुक्त सहर घोषणा गरे पनि पूर्ण रुपमा सरकारले सहरबाट भिखारी हटाउन सकिरहेको भने छैन । तर पहिलेको रुपमा सहरभित्र जति पनि भिखारी देखिन्थे त्यो मापनमा अहिलेको अवस्थालाई हेर्ने हो ज्यादै न्यून रहेको छ ।
मान्छेको आँखामा सहयोगको लर्को सहजै देख्न सकिन्छ । त्यसैको फइदा उठाउँदै सहरका भिखारीले मानिसको हृदय जितिरहेका छन् ।
बालकहरूको आँखाको कुरा गर्दा हामीले सहरमा धेरैभन्दा धेरै देख्ने बालकहरुको आँखामा सहयोगको अपेक्षा हो । आम मानिस सबैले बाल बालिकामा भगवानको प्रतीक देख्छन् यो कुरा हामी सबैलाई विदतै नै छ । उनीहरुले प्राय माग्ने क्रममा आफूभन्दा सानो उमेरका भाइबहिनीलाई प्रयोग गरेको पाइन्छ । काखामा नानी च्यापेर पुलमाथि बसेको बालकबालिकाहरुले मान्छेको हृदय पगाल्न सक्छन् । र , उनीहरुले अन्य मान्छेको गोजीबाट सहयोग फुत्काउन सक्छन् । मैले माथि नै भने बालबालिका मन पराउने एक युवा वर्ग वा समूह छ । उनीहरुको आँखामा बालबालिकाको लागि छिटै प्रेम जागेको देखिन्छ । र यही उपायलाई उनीहरू मागी खाने भाँडो बनाउँछन् ।
बच्चालाई बोकेर पसल पसल दौडिरहेको समूह पनि हाम्रो लागि कुनै नौलो कुरा रहेन । आमाको साथमा बच्चाहरू देखेपछि परिवार भएको मान्छेको हृदय पग्लनु कुनै नौलो कुरा रहेन । यही उपायलाई अपनाएर केही माग्नेहरू भने अलि उमेर ढल्केका समूहमा गएर भीख मागेको हामी देख्न सक्छौँ ।
मान्छेको भावनाको जोडघटाउमा मानिसहरु चुपचाप छन् । यो सत्य हो ।
कोही आफ्नो अगाडि आएर विनम्र बन्छ भने ऊ पक्कै पनि पग्लन्छ । यो सहरमा एक यस्तो समूह छ कि उनीहरु मान्छेको खुट्टा नै समाएर भीखको आस गर्छन् । लाग्छ उनीहरूलाई कसैको खुट्टा समाउनु कुनै नौलो कुरा होइन । उनीहरु खुट्टा समाएर सहयो आस गर्छन । कसै आफ्नो अगाडि यसरी कोही झुकेको देख्दा सहयोग गर्ने मन त्यसै भरिएर आएको हुन्छ ।
तिलगङ्गा आँखा अस्पतालबाट भर्खर निस्केका रामेछापका भक्त बहादुर राइलाई एक बालकले खुट्टा समायो । उनले धेरै प्रयास गर्दा पनि त्यो बालक खुटुटा छाड्न मानेन र भक्तले रुपियाँ दिएर बाटो क्रस गरे । पङ्तिकारले हेरिरहेको भएकाले भक्तलाई प्रश्न गर्यो । पैसा किन दिनुभयो ? जवाफ थियो कोही यो हदसम्म झुक्छ भने पक्कै उ समस्यामा नै थियो । त्यही भएर दिएँ । यस्ता किस्सा त हामी माझ कति छन् कति । ती सबै उजागर गर्ने हामीसँग शृङखला नै छ ।
हामी घरमा बसिरेहेको बेला एक व्यक्ति हातमा गाउँ पालिका वा नगरपालिकाले दिएको एक पर्चा बोकेर आउँछ । जसमा लेखिएको हुन्छ कि उसको घर आगो लागेर नष्ट भयो सहयो गर्नुहोला । विस्तृतीकरण लामो होला त्यो अलग कुरा रहे पनि मुख्य आशय भने यही नै रहेको हुन्छ । उक्त माग्नेले लत्ता कपडा चामल पैसा जे दियो सबै उठाउँछ । घर नै आगो लाग्यो भनेपछि जो कोहीको मनमा नछुने त कुरै भएन त्यसैले यो उपायबाट पनि माग्नेहरु आफ्नो जिविका चलाइरहेका हुन्छन् । तर सबै मान्छे अबर पुरेर माग्न नै भनेर भने आएका हुन्छन् भन्ने कुरा चाहिँ पङ्तिकारलाई विश्वास लाग्दैन किनकि ऊसँग एउटा सत्य घटना छ ।
फागुनको समयमा एक गाउँमा कोह् ित्यसरी नै पर्चा बोकेर आएको थियो । जहाँ बाढीले घर बगायो भन्नेकुरा खुलाइएको थियो । पर्चामाथिको मिति र बर्खा हुने मिति नमिल्न गएपछि प्रहरीलाई माग्नेको भेषमा आएको ठगलाई जिम्मा लगाइएको थियो । मान्छेको आफ्नै समस्या हुन्छ । आफ्नै पीडा हुन्छ । त्यही पीडाको रफ्तारमा समयले कतिलाई झुक्न विवश बनाउँछ ।
हामीले अत्याधिक माग्ने देख्ने भनेको अर्को एक अपाङ्ग समूह हो । बाटोमा जहीँतहीँ उनीहरुलाई देखिन्छ । उनीहरुको अशक्तता देखेर नै मानिसहरुले भीख दिने गरेको भेटिन्छ ।
हामीले पुल माथि कोही स्पीकरमा गीत गाइरहेको देख्छौँ । स्पीकरको माथि कचौरा पनि देख्छौँ । उनीहरु हामीलाई निस्वार्थ रुपमा सङ्गीत भोजन गराएर सहयोग माग्छन् । उनीहरु आफ्नो कला बच्छन् तसर्थ उनीहरु कलाकार नै हुन् । तर सडकमा बसेर गीत गाउने भएकाले र कचौरामा सहयोग नै माग्ने भएकाले उनीहरु सङ्गीतको सहयता लिएर भीख माग्ने गर्छन । यहाँ कयौँ मान्छे सङ्गीतको पारखी छन् । कलालाई सम्मन गर्ने मान्छेहरुले उनीहरुलाई भीख दिन्छन् ।
हामीले भीख किन दिइरहेका छौँ । बजारमा भेटिने सबै माग्ने के भएर माग्ने भए यो कुरा कसले खोज्ने ? सडकमा सुत्ने अपाङ्ग किन सडकमा आए ? उनीहरुको परिवार कहाँ छ ? खुट्टा समाउने बालबालिका कहाँका हुन ? बाटोमा भेटिने बालबालिकालाई किन नेपाली बुझ्दैनन् । उनीहरु के हुन ? कहाँबाट आए ? पर्चा बोक्नेहरुलाई गाउँपालिका वा नगरपालिकाले किन केही गर्न सक्दैन ? यी कुरामा सरकारको ध्यान जाओस् ।






