रिलायन्स लाइफ इन्स्योरेन्स र बीएनसी अस्पतालबीच मेडिकल अन्डर राइटिङका लागि सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्स र बिर्तामोडस्थित बीएनसी अस्पतालबीच मेडिकल अन्डर राइटिङका लागि सम्झौता भएको छ।

सम्झौता कार्यक्रममा कम्पनीका तर्फबाट अन्डराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर क्षितिज घिमिरेका साथै स्थानिय ब्रान्च मेनेजरहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमपश्चात यस इन्स्योरेन्स कम्पनीले इटहरीस्थित सनसाइन मेडिकल एन्ड डाइग्नोसिस सेन्टर र विराटनगरस्थित ओम साई मेडिकल ल्याबसँग पनि मेडिकल अन्डर राइटिङका लागि सम्झौता गरेको छ।

कम्पनीका ग्राहकलाई छिटो, छरितो र विश्वासिलो मेडिकल चेक–अप सुविधा प्राप्त होस् भनी उक्त सम्झौता गरिएको कम्पनीले जनाएको छ। योभन्दा पहिले पनि धेरै स्थानमा रहेका अस्पताल तथा मेटिलकल कलेजहरुसँग सम्झौता गरी मेटिकल चेक अफलाई सहज बनाउनमा ठूलो सहयोग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *