अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

मातृ तथा बाल स्वास्थ्यमा सुधार

  • अर्थ सन्जाल
  • २३ मंसिर २०७९, शुक्रबार २१:३८


नेपाल जनसाङ्खिक तथा स्वास्थ्य सर्वोक्षण, २०२२ ले नेपालमा मातृ तथा बाल स्वास्थ्यमा सुधार भएको देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा विगत साढे दुई दशकमा नेपालमा प्रजनन दर आधाले घटेको तथ्य सार्वजनिक गरिएको हो ।

सर्वेक्षणनुसार एक महिलाले औसतमा दुई सन्तान जन्माउने गरेका छन् । नेपालमा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदरमा उल्लेखनीय कमी आएको सर्वेक्षणले देखाएको छ । सन् १९९६ मा प्रतिमहिला चारदेखि छ बच्चा जन्माउने दर सन् २०२२ मा सो दर दुईदेखि एकमा झरेको हो । यता, सन् १९९६ मा पाँच वर्ष मुनिका बालबालिकाको प्रतिहजार जीवित जन्ममा एक सय १८ को मृत्यु हुने गरेको थियो । अहिले तुलनात्मकरुपमा घटेर प्रतिहजार जीवित जन्ममा ३३ मृत्यु हुन आएको छ । विगत २५ वर्षयता १२–१३ महिनाका बालबालिकामा आधारभूत खोपको दायरासमेत बढेको छ । सन् १९९६ मा ४३ प्रतिशत रहेको खोपको दायरा सन् २०२२ मा ८० प्रतिशत पुगेको छ ।

मन्त्रालयकी सचिव देवकुमारी अर्यालले सर्वेक्षणबाट प्राप्त तथ्याङ्कले आगामी योजना तर्जुमा सहयोग पु¥याउने विश्वास व्यक्त गगरिन् । उनले भनिन्, “स्वास्थ्यसम्बन्धित योजना बनाउन यस सर्वेक्षणले मार्गदर्शकका रुपमा सहयोग गर्नेछ । सर्वेक्षणमा देखिएका चुनौती समाधानका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगै विभिन्न मन्त्रालयको अन्तर समन्वय आवश्यक छ ।”

सर्वेक्षणले कुपोषण, शिशु मृत्युदर, बालबालिकामा पुड्कोपन र रक्तअल्पतामा देखिएको अवस्था सन्तोषजनक नभएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिए । उनका अनुसार स्वास्थ्य संस्थमा प्रसूति गराउनेको सङ्ख्या कम रहेको छ । यस्तै परिवार नियोजन साधनको ७८ प्रतिशत माग रहेको छ भने ५७ प्रतिशत पूर्ति भएको छ भने २१ प्रतिशत माग अझै पूर्ति हुन सकेको छैन । रक्तअल्पता भएका बालबालिका ४३ प्रतिशत र महिला ३४ प्रतिशत रहेका छन् ।

पाँच वर्षमुनिका २५ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या देखिएको छ । सबैभन्दा धेरै कर्णालीका बालबालिकामा पुड्कोपनको समस्या देखिएको हो । “कर्णालीमा ३३ प्रतिशत बालकालिकामा पुड्कोपनको समस्या देखिएको छ । यी बालबालिका दीर्घकालीन कुपोषणको समस्यामा छन्”, नीति तथा योजना अनुगमन महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलले भने, “अहिले चारमा एक जनामा पुड्कोपनको समस्या देखिनु विगतभन्दा घटेको हो तर सन्तोषजनक हैन ।” रासस

Artha Sanjal
मिती : २३ मंसिर २०७९, शुक्रबार २१:३८ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘टाइगर कप’मा चम्केका रवि केसी

सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा

ताजा समाचार

  1. ‘टाइगर कप’मा चम्केका रवि केसी
  2. सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
  3. अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने
  4. अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा
  5. अपि पावरले हकप्रद सेयर निष्कासन गर्ने
  6. माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?
  7. माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण

विजनेश फोकस

कामना सेवा विकास बैंकको कामु सीईओमा विनय दाहाल

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनि...

सिभिल लघुवित्तको लाभांश प्रस्ताव

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा, बोनस क...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.