सुनको भाउ फेरि १ लाख रुपैयाँ नाघ्यो

नेपाली बजारमा सुनको भाउ फेरि १ लाख रुपैयाँ नाघेको छ । नेपाली बजारमा सात महिनापछि सुनको मूल्य एक लाख रुपैयाँ नाघेको हो।

आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापवाला सुन प्रतितोला १ लाख ३०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ८०० रुपैयाँ कायम भएको छ।

यस अघि गत वैशाख १२ गते, छापावाल सुन प्रतितोला १ लाख २०० रुपैयाँमा कारोबार भएको थियो । गत वर्ष फागुन २५ गते १ लाख ५ हजार ५०० रुपैयाँ प्रतितोला पुगेर सुनको भाउले नयाँ कीर्तिमान बनाएको थियो ।

बिहीबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाला सुन ९९ हजार ७०० रुपैयाँ र तेजाबी सुन९९ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *