

युनिलिभर नेपालको लाभांश कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएको छ । मंसिर २० गते सम्पन्न २९औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को १ हजार २१५ रुपैयाँ नगद लाभांश पारित गरेको हो।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले गत मंसिर ४ गते बुक क्लोज गरेको थियो । यसको अर्थ मंसिर ३ गतेसम्म कायम रहेका सेयरधनीहरुले नगद लाभांश पाउनेछन्।
वार्षिक साधारणसभाबाट स्वीकृत भएको लाभांश सेयरधनीहरुले ४५ दिनभित्र पाउने कम्पनीले जनाएको छ।
Artha Sanjal
अर्थ सन्जाल