विश्वकप : क्वार्टरफाइनलको पहिलो खेल ब्राजिल र क्रोएसिया, दाेश्रो अर्जेन्टिना र नेदरल्याण्ड खेल्दै

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ । पहिलो क्वाटरफाइनलमा खेलमा ब्राजिल र क्रोएसियाले खेल्दैछन् । यो खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे एजुकेसन सिटी स्टेडियममा सुरु हुनेछ ।

नकआउट चरणमा ब्राजिलले दक्षिण कोरियालाई हराएको थियो । यस्तै साविक उपविजेता क्रोएसियाले जापानलाई हराएको थियो ।

यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सले खेल्दैछन् । यो खेल नेपाली समय अनुसार राती पौने १ बजे लुसाइल स्टेडियममा हुनेछ । नकआउट चरणमा अर्जेन्टिनाले अष्ट्रेलियालाई र नेदरल्यान्ड्सले अमेरिकालाई हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *