एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले वितरण गर्यो लाभांश

एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईसी एसिया डाइनामिक डेप्ट फन्डले इकाइधनीलाई मंसिर ९ गतेबाट गत आर्थिक वर्षको नगद लाभांश वितरण सुरु गरेको छ।

योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलले आज एक सूचना प्रकाशित गरी नगद लाभांश इकाइधनीहरुको बैंक खातामा जम्मा गर्न सुरु गरिएको जानकारी गराएको हो। डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका इकाइधनीहरुलाई नगद जम्मा गर्न सुरु गरिएको क्यापिटलले जनाएको छ।

उक्त फन्डले आर्थिक वर्ष २०७८-७९ को मुनाफाबाट इकाइधनीलाई ६ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुले आफ्नो हितग्राही खाता रहेको निक्षेप सदस्य कहाँ सम्पकी राखी बैंक खाता अद्यावधिक गराई समयमै आफ्नो प्रतिफल प्राप्त गर्न पनि क्यापिटलले आग्रह गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *