नेपाल बंगलादेश बैंकको शेयर तत्काल कसैलाई पनि बिक्रि नगर्न अदालतको आदेश

काठमाडौँ जिल्ला अदालतले आई।एफ।आई।सि।बैकको नाममा रहेको नेपाल बंगलादेश बैंकको शेयर तत्काल कसैलाई पनि बिक्रि नगर्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायधीश रामचन्द्र पौडेलको एकल इजलाशले यस्तो आदेश जारी गरेको हो ।

सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले नेपाल बंगलादेश बैकको प्रमुख संस्थापक शेयरधनी आई।एफ।आई।सि।बैक र नेपाल बंगलादेश बैंकलाई विपक्षी बनाएर काठमाडौँ जिल्ला अदालतमा पुस २६ गते मुद्दा दायर गरेका थिए । आफ्नो स्वामित्वमा रहेको नेपाल बंगलादेश बैंकको शेयर बिक्रि गर्नको आई।एफ।आई।सि।बैकले आफुसँग सम्झौता गरेको तर सम्झौता विपरित अहिले शेयर अरु नै पक्षलाई बिक्रि गर्न लागेको भन्दै दुगडले मुद्दा दायर गरेका थिए ।

बैंकको सम्पूर्ण सेयर १५७ रुपैयाँ प्रति कित्ताका दरमा खरिद गर्ने गरी सम्झौता भएको र सो सम्झौता बिपरित अहिले आई।एफ।आई।सि बैंकले अर्कै समुहलाई शेयर बिक्रि लागेको भन्दै दुगडले मुद्दा दायर गरेका थिए।

सोहि मुद्दामा न्यायधीश पौडेलको एकल इजलाशले विपक्षीबाट लिखित जवाफ प्राप्त नभएसम्म सो शेयर अन्य व्यक्तिलाई बिक्री गर्ने कार्य नगर्नु नगराउनु भनी विपक्षीहरुका नाउँमा आदेश जारी गरिदिएको हो। उजरी निवेदन बमोजिम आदेश किन जारी हुनु नपर्ने हो ७ दिन भित्र लिखीत जवाफ पेश गर्न पनि आदेश दिएको छ ।

आई.एफ.आई.सि. बैकले आफ्नो नाममा रहेको नेपाल बंगलादेश बैंकको शेयर विनोद चौधरीको समुहलाई बेच्न लागेपछि दुगड अदालत गएका थिए । दुगडले उच्च अदालतमा पाटनमा यहि मुद्दा दायर गरेका थिए । उच्च अदालत पाटनले समेत कारण देखाउ आदेश जारी गर्दै दुवै पक्ष लाई छलफलमा बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *