

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रको पुनः मतदान गर्नुपर्ने बताएका छन् । मत गणनाको क्रममा खसेको मतभन्दा धेरै गणना भएकाले चुनावमा धाधँली भएको भन्दै पुनः मतदान गर्नुपर्ने बताए ।
खनालले आफ्नो क्षेत्रमा खसेको भन्दा धेरै गणना भएपछि धाँधली भएकोले पुनः मतदान गर्नुपर्ने माग गरेका हुन् । पछिल्लोपटक गणना भएको ६ वटा केन्द्रको मत गणना गर्दा खसेको भन्दा २६६ बढी मत गणना भएपछि खनालले पुनः मतदानको माग गरेका छन् । खनालले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने तयारी गरेका छन् ।
प्रमुख निर्वाचन आयुक्तसँग कुराकानी गर्दा समेत यस बिषयको जवाफ नभएकोले पुनः मतदान गर्नुपर्ने उनको माग छ । उक्त क्षेत्रमा मत हराएको भन्दै यसअघि पनि मतगणना स्थगित भएको थियो ।
Artha Sanjal
अर्थ सन्जाल