

प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच कडा प्रतिस्पर्धा भइरहेको छ । मतगणनाको सुरुवाती चरणमा निक्कै अगाडि रहेको रास्वपासँगको मतान्तर अहिले माओवादी केन्द्रले घटाउँदै लगेको छ ।
निर्वाचन अयोगले दिएको मतणनाको पछिल्लो परिणामअनुसार पहिलो पटक निर्वाचनमा भाग लिएको रवि लामिछाने नेतृत्वको रास्वपाले ७ लाख ९५ हजार ३१७ मत पाएको छ भने पछ्याइरहेको माओवादी केन्द्रले ७ लाख ८७ हजार ९८९ मत प्राप्त गरेको छ ।
नेकपा एमाले अग्रस्थानमा कायमै छ । एमालेले १८ लाख कटाएको छ । आयोगको अनुसार १८ लाख ५७ हजार ३५५ मतका साथ एमाले अग्रस्थानमा छ । एमालेलाई पछ्याइरहेको नेपाली कांग्रेसले १७ लाख ९० हजार ६३१ मत पाएका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४ लाख ८ हजार ३१२, जनता समाजवादी पार्टी (जसपा)ले २ लाख १८ हजार १४० र नेकपा एकीकृत समाजवादीले १ लाख ६८ हजार ३१० मत पाएको छ ।
यसैगरी नागरिक उन्मुक्ति पार्टीले १ लाख ६० हजार ४७६, जनमत पार्टीले १ लाख ४९ हजार ६८०, लोकतान्त्रिक समाजवादी पार्टीले ८४ हजार १४८ र नेपाल मजदुर किसान पार्टीले ६१ हजार ३१९ मत पाएको छ । यसबाहेकका अन्य दलले ५० हजार कटाउन सकेका छैनन् ।
अर्थ सन्जाल