बैंक फाइनान्सको मौलाउँदो ठगी धन्दा, अर्थ र सहकारी मन्त्रालय मौन

बैंक फाइनान्स अर्थात जुनैपनि वित्तिय संस्थाहरुले घरजग्गा धितो राखेर ऋण लिएकाहरुलाई आफुखुसी व्याज बढाउने गरेको छन् । ऋणीलाई जानकारी नै नगराई कर्जाको व्याज बुद्धि गर्ने जस्ता काम वित्तीय संस्थाहरुले गरिरहेका छन् । ऋणीलाई किस्ता तिर्न गाह्रो बनाइदिन वित्तिय संस्थाहरुले यस्तो रणनिति अपनाएको हुन् ।

वित्तिय संस्थाहरुले व्याजदर घटाएर, किस्ता तिर्ने अवधि बढाउनुको सट्टा यस्तो कार्य गर्नु उचित देखिदैन । कर्जा लिएकालाई सहुलियत दिनुपर्ने ठाँउमा वित्तिय संस्थाहरुले उल्टो व्याजदर बढाएर कर्जा तिर्नलाई अप्ठयारो बनाइदिएका छन् । जो मान्छेले आफ्नो अचल सम्पत्ति बैंक फाइनान्सको नाममा पास गरेर ऋण लिएका हुन्छन् ।

व्याज बढाइसकेपछि ऋणीले कर्जा तिर्न सक्दैन अनि त्यसको भएको जति सम्पत्ति हत्याउन सकिन्छ भनेर बैंकफाइनान्सले यस्तो नराम्रो काम गरेको हुन्छन् । जनतालाई डुबाएर वित्तिय संस्थाहरुले लथालिङ्ग बनाइदिन्छन् । तोकेको समयमा कर्जा तिर्न सकेन भनेर पत्रपत्रिकामा छापिदिन्छन् । उसको भएको धितो लिलाम गरिदिन्छन् ।

तैपनि नियमनकारी निकायहरु तेल हालेर बसेका हुन्छन् । वित्तिय संस्थाहरुले यसरी जनता ठग्दा पनि अनुगमन किन गरिएन त ? राष्ट्र बैंकले पनि यसमा ध्यान दिएको छैन् । अर्थ मन्त्रालयको त कुरै नगरौ । जति जनता ठगिएपनि अर्थ मन्त्रालयलाई फरक परेको छैन ।

हामीले बैंक फाइनान्समा पैसा राख्छौ व्याज निकै न्युन पाउछौ । तर हामीले डिपोजिट गरेजति रकम कर्जामा लियौ भने त्यसको डबल व्याज तिर्नुपर्छ । बैंक फाइनान्सबाट कर्जा लिएर काम गर्ने अधिकांश मान्छेहरु डुबेकै छन् । वित्तिय संस्थाबाट धेरै लोन खाने मान्छेहरुले नै बैंकफाइनान्सले हामीलाई डुबायो भन्छन् ।

वित्तिय संस्था भनेको पुँजीपति, सामन्ती र शोषकले चलाएको दलाली संस्था हो । पहिलापहिला गाउँघरतिर एकहजार रुपैँयाको तिन हजार व्याज लिन्थे यिनीहरु पनि त्यस्तै हुन् । वित्तिय संस्थाबाट ऋण लिएका र तिर्न गाह्रो भइरहेको मान्छेले दिने जवाफ हो यो ।

सेवा शुल्क लिएर मँहगो व्याजमा पैसा दिन्छन । तैपनि हाम्रो धितो सम्पत्ति रोक्का गरेर । उनीहरुको नाममा पास गरेपछि मात्र लोन पाइन्छ । व्याज तिर्न नसकेपछि वित्तिय संस्थाहरुले धितो लिलाम गरिदिन्छन् । यसरी वित्तिय संस्थाहरुले करोडपतिलाई रोडपति बनाइदिन्छन् ।

बैंकफाइनान्सका सञ्चालकहरु ठग नै हो । यिनीहरुको व्यक्तिगत सम्पत्ति छानबिन गरेर कानुनको दायरामा ल्याउनैपर्छ । एउटासंग सस्तो व्याजमा ल्याएर पैसा डिपोजिट गर्न लाउने अर्कोलाई त्यही पैसा मँहगो व्याजमा लगाउने । त्यही भएर त बैकंफाइनान्सको कर्मचारी मोटाएका छन् ।

अरुलाई सडकमा पुर्याएर आफुचाहि आरामसंग घरमा बसेका छन् । सरकारले लुट्नै भनेर यस्तो संस्था सञ्चालन गर्न इजाजत दिएको हुन्छ जस्तो छ । बाहिरबाट हामीले सेवा दिएको भनेर विज्ञापन गरेका छन् तर यिनीहरुको खेल नै अर्कै छ । हामीले बैंकफाइनान्समा पैसा राख्दा एउटा चेक पाउछौ ग्यारेण्टी स्वरुप ।

तर त्यति नै पैसा ऋण लिनको लागि कत्रो प्रोसेस पुरा गर्नुपर्छ । आफ्नो भएको जति अचल सम्पत्ति धितो राख्दा पनि हैरानीको पापड बेल्नैपर्छ । सहकारी विभाग वा सहकारी मन्त्रालयले आर्थिक लेनदेनमा जस्तो पनि मानिसहरुलाई बैंकफाइनान्स सहकारी दर्ता गर्ने अनुगमन दिन्छ । तर दर्ता गरेपछि अनुगमन गर्ने प्रचलन भने छैन ।

बैंकफाइनान्सको हरेक वर्ष साधारण सभा हुन्छ । सहकारीहरुले साधारण सभा गर्दा सहकारी विभागको कर्मचारी, सरकारी कर्मचारी, कार्यालय प्रमुख, राजनितिक दलका नेताहरु , मेयर पनि उपस्थित हुने गरेको छन् । राजनितिक दलहरुले नै जनता ठग्ने सहकारीहरुको कार्यक्रम र साधारण सभा उद्घाटन गर्ने गरेको पनि हाम्रै आँखा अगाडि छन् ।

कार्यक्रममा जाने गलाभरि माला लाउने । त्यही जनता ठग्ने सहकारीको सञ्चालकहरुको भाषण सुन्ने । राजनितिक दलदेखि लिएर मेयर, वडाध्यक्ष सबैको काम नै यही हो । जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसी जब सहकारी मन्त्री थिए । उनले भनेको सत्य कुरा कतिलाई आज पनि याद नै होला । जनता ठग्ने, कालोधन्दा गर्ने कालो रकमलाई सेतो रकम बनाउने काम गर्छन् । म जनता ठग्ने सहकारीको साधारण सभा उद्घाटन गर्न जान्न भनेर चित्र बहादुर केसीले भनेका थिए ।

त्यति भनेपछि सहकारी महासंघले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई भेटेर त्यो कार्यक्रममा उद्घाटनमा ल्याए । सहकारीको पहुँचमाथि सम्म छ । यिनीहरुले जति लुटेपनि कसैले केही भन्दैनन् । भनेर उनले भनेका थिए । सहकारी मन्त्री त्यहाँ गएनन् भने राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख ल्याएर उद्घाटन गराउँछन् ।

साधारण सभामा अतिथि बनाउछन् । सांसद र मेयर वडाध्यक्ष फुल माला पाउने, खाजा पनि खान पाउने र आफ्नो नाम चर्चामा आउने भएपछि सहकारीहरुको जस्तोसुकै सभामा पुग्छन् । सहकारीको उद्घाटन गर्न जानको लागि मेयर र वडाध्यक्ष बिच हानाथाप हुने गर्छ ।

जनता ठग्ने सहकारीलाई साथ दिने नै नेताहरु हुन् । चित्र बहादुर केसीले भन्थे मलाई सुटकेस लिएर भेट्न आउथे तर म चाहिदैन भनेर फर्काइदिन्थे । सहकारी संस्थालाई कारबाही गर्नुपर्छ भन्दा त्यस्तो सहकारीहरुको साधारण सभामा उद्घाटन गर्न जान्न भन्दा सहकारी व्यवसायीहरुको सहकारी महासंघ छ ।

सहकारी महासंघमा बस्ने अध्यक्षहरु राजनितिक पार्टीको झोला बोकेर महिनापिच्छे पैसा उठाउछन् । भ्रष्ट्राचार गर्ने, गलत काम गर्नेलाई महासंघले कारबाही गर्नुको सट्टा सहकारी महासंघमा बस्ने कार्यसमितिहरु गल्ती गर्ने सहकारीमा बस्नेसंग पैसा खाएर सहकारी महासंघले पनि कारबाही नगर्ने ।

सहकारी विभागलाई सहकारी महासंघले कारबाही गर्न दिदैनन् । त्यही जनता ठग्ने सहकारीको आवाज लिएर सहकारी महासंघ डेलिगेसन जान्छन् । सहकारीको अध्यक्ष र चेयरमान बन्न धेरै केही गर्नुपर्दैन । कि त धेरै पुँजि हुनुपर्याे कि त शक्तिशाली पार्टीको झोले बन्नुपर्याे ।

राजनितिक पार्टीलाई लेबी तिर्नुपर्याे । नेपालको राजनितिक पार्टीहरु कमाएर राजनिति गर्न सक्दैनन् । कमाएर पार्टी चलाउन सक्दैनन् । हरेक क्षेत्रमा राजनीतिक संगठन खडा गर्छन् । यसमा सरकारी कर्मचारी पनि पछि परेका छैनन् । सरकारी कर्मचारीले पनि राजनीति गरेको छन् राजनीतिक संगठन खोलेको छन् ।

अन्य व्यवसाय गर्नेलाई पनि राजनितिक संगठन खोल्ने दिइएको छ । तीबाट राजनीति पार्टीले लेभी र चन्दा उठाउने गरेको छन् । गलत काम गर्ने मान्छेलाई छुट दिएका छन् । राजनीतिक पार्टीले पैसा लिन्छन् अनि गलत मान्छेलाई सरकारलाई कारबाही गर्नबाट रोक लगाउँछन् ।

हरेक क्षेत्रमा राजनितिक संघसंस्था खोल्ने काम बन्द नहुुञ्जेल विकास होइन विनाश हुन्छ । वित्तिय संस्थाहरु देशैभरि वा उपत्यकामा च्याउ उम्रेको जसरी उम्रिरहेको छ । वडापिच्छे यिनीहरुको शाखा छ । साधारण वर्गको पैसा डिपोजिट गर्ने सस्तो व्याजमा राख्न लाउने ।

त्यही जनताको पैसा बैंकफाइनान्सका सञ्चालकहरुले कमिशन खाएर धितो राखेर कमशल कर्जा दिएर जनता ठगिरहेका छन् । बैकफाइनान्सको सञ्चालकहरु जनताले राखेको पैसाले जग्गा किन्छन् । सस्तोमा किनेको प्लानिङ गरेर मँहगोमा बेच्छन् ।

बैंकफाइनान्स एक किसिमको दलाल पनि हुन् । दलाली गरेर कमाएका छन् । सहकारीले साधारण सभा होस् वा अडिट गर्दा होस् । आफ्नो हिसाब गरेर निक्लेको पैसा डिपोजिट गर्ने मान्छेलाई देखाउदैनन् । अडिट गर्दा अडिटरलाई पैसा खान दिएर बैंकहरु यति करोड नाफा छ भनेर देखाउँछन् ।

हाम्रो आफ्नै भवन छ । यति वटा शाखा छ । वर्षमा यति करोड नाफा कमाएका छौ भन्छन् । शेयर होल्डरलाई थोरै नाफा दिन्छन् । व्याज कम दिन्छन् । सबै नाफा बोनसको नाममा त्यहीकै कर्मचारी र संचालक बाँडेर खान्छन् । जनता ठग्ने, आफु बाडेर बोनस खाने ।

यिनीहरु पैसा बेच्ने व्यापारी हुन् । जनतालाई केही नदिईकन जनताकै पैसाबाट यिनीहरुले मोजमस्ती गरेका छन् । १ लाखको पैसा सहकारीमा राख्छु भन्यो भने सहकारीका कर्मचारी घरमै आइपुग्छन् । कति प्रतिशत व्याज दिने भनेर सोध्यो भने पटकपटक फोन आउँछ ।

२० लाख रुपैँया दुई वर्षदेखि पाँच वर्ष मुद्धती खातामा राख्यो भने त्यस सहकारीको साधारण सभामा दोसल्ला ओडाउँछ । सहकारी बैंकफाइनान्समा डिपोजिट भएको रकमको पनि राज्यले कर तिदैनन् । राजस्व छली गरिहेको छन् । अडिट गर्दा दुईवटा पेपर देखाउछन् ।

जनताको पुँजी र लगानीको हिसाबकिताब देखाउदैन् । जुनचाहि अडिटले घुस खान्छ उसलाई अडिट गर्न दिन्छन् । प्रत्येक बैंकफाइनान्सले वकिल सल्लाहकारको रुपमा राखेको हुन्छ । त्यो वकिलको सुझावमा आएर बैंकफाइनान्सले जनता ठग्छ । कसैको सम्पत्ति लिलाम गर्छ । यसमा नियमनकारी निकायको ध्यान जान जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *