कास्की १ मा एमालेको अग्रता

कास्की निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका मनबहादुर गुरुङ पाँच हजार दुई सय ५६ मत प्राप्त गर्दै अघि छन् भने उनलाई नेपाली कांग्रेसका किशोरदत्त बरालले चार हजार चार सय २६ मतसहित पछ्याएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले पाँच सय ५६ मत ल्याएका छन् भने भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले दुई सय ८१ मत ल्याएका छन् । उक्त क्षेत्रको प्रदेश (२) मा ११ हजार एक सय पाँच मत गन्दा दुई सय ८६ मत बदर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *