काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायम गरेको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा केहीबेर अगाडि १६ हजार नौ सय चार मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार खनालले छ हजार १४ मत प्राप्त गर्नुभएको छ।
दोस्रोमा नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले तीन हजार आठ सय १९ मत प्राप्त गर्नुभएको छ । तेस्रोमा नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले तीन हजार आठ सय १० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत खनालले बताए ।
काठमाडौँ क्षेत्र नं ६ मा प्रतिनिधिसभामा २४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । जसमा १३ विभिन्न राजनीतिक दल र ११ स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ६२ हजार एक सय दुई मतदाता रहेको यस निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३९ हजार ६६ मत खसेको थियो ।







