काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल जित नजिक पुगेका छन् । मंगलबार राति सवा ७ बजे प्राप्त मतपरिणामअनुसार पौडेल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग झन्डै चार हजार मतान्तरले अगाडि छन् ।
पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार पौडेलले १२ हजार ५६२ मत प्राप्त गर्दा एमालेका पोखरेलले ८ हजार ६२४ मत पाएका छन् । हालसम्म काठमाडौं ५ मा ३८ हजार २६४ मत गणना भइसकेको छ भने कुल गनिनुपर्ने मत ४५ हजार ९८७ रहेको छ ।







