कामना सेवा विकास बैंकको वार्षिकोत्सव सम्पन्न, ४०३ युनिट रगत संकलन

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १६ औँ वार्षिक उत्सवको अवसरमा कात्तिक २१ गतेदेखि कात्तिक २७ गतेसम्म सप्ताहव्यापी रुपमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरी आज काठमाण्डौको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा मूल समारोह गरी सम्पन्न गरेको छ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न ठाउँमा सरसफाइ, फोहोर व्यवस्थापनका लागि विभिन्न सामग्री वितरण, रक्तदान कार्यक्रम, वित्तीय साक्षरता अभियान, पुरुष केएस फुटसल कप सिजन–२ तथा महिला केएस फुटसथ कपका साथै विभिन्न जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरिएको थियो।

“रक्तदान जिवन दान” भन्ने नारालाई आत्मसात गरी देशव्यापी रुपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा सातै प्रदेशमा गरी कुल ४०३ युनिट रगत संकलन गरिएको थियो।

केएस फुटसल कपअन्तर्गत पुरुष केएस फुटसल कप सिजन–२को उपाधि सिद्धार्थ बैंकले र महिलातर्फको उपाधि कामना सेवा विकास बैंकले जितेको छ। बैंकको १६ औँ गौरवमय स्थापना दिवस अर्थात मूल समारोहका दिन आज कात्तिक २७ गते बैंकको केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरुमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिएको थियो।

बैंकका अध्यक्ष सुदीप आचार्यको अध्यक्षता तथा काठमाण्डौ महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष दलबहादुर कार्कीको प्रमुख आतिथ्यतामा केन्द्रीय कार्यालयमा मूल समारोह आयोजना गरिएको थियो। कार्यक्रममा सञ्चालक विशेश्वर सुवेदी, संस्थापकहरु, विभिन्न सञ्चार माध्यमका पत्रकार, वडा प्रतिनिधिहरु, बैंकका कर्मचारी वर्ग तथा स्थानीयको उपस्थिति थियो।

यसैगरी आजै आनन्द भैरव मन्दिरको फोहोर व्यवस्थापनका लागि गार्बेज बिन स्टोरेज सेड तथा डिजिटल डोनेसन बक्ससमेत हस्तान्तरण गरिएको थियो। ती कार्यक्रमहरुमा काठमाण्डौ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्की, ज्ञान भैरव क्लब (आनन्द भैरव मन्दिर) समितिका महासचिव रामेश्वर राउत तथा अध्यक्ष वसन्त राईले शुभकामना मन्तव्य दिँदै बैंकले गरेको कार्य अत्यन्तै सरहानीय रहेकोले अरुले पनि यसको अनुशरण गर्नुपर्ने बताए।

बैंकका अध्यक्ष आचार्यले बैंकको यो लामो यात्रामा अमूल्य सहयोग र साथ दिने नेपाल सरकार, अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, अन्य नियामक निकाय तथा ग्राहकप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरुमा समेत यस्तै साथ र सहयोग रहने अपेक्षासमेत गरे।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले बैंकले आजसम्मको लामो यात्रामा हासिल गरेको प्रगति तथा भावी कार्ययोजनाका बारेमा प्रकाश पारेका थिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *