गगन थापा आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्छन् :डा. स्वर्णिम वाग्ले

काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आसन्न निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । उनले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको र थापासँग सोही अनुसारको आफूहरुजस्ता विज्ञहरुको टिम रहेकोसमेत दाबी गरे।

शनिबार काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित कार्यक्रममा बोल्दै वाग्लेले थापालाई प्रधानमन्त्री बनाउनका लागि जिताएर पठाउन पनि स्थानीय मतदातालाई आह्वान गरे । थापाले कोभिडको महामारीमा राजनेताको छवि बनाएको भन्दै उनलाई अघि बढाएर प्रधानमन्त्री बनाउन सके १० वर्षभित्र मुलुकमा ठूलो परिवर्तन हुने उनको भनाइ छ ।

७ महिना स्वास्थ्यमन्त्री हुँदा थापाले देशमा एकीकृत स्वास्थ्य नीतिको जग बसाएको र त्यसलाई कार्यान्वयन गरेर लैजाँदा हरेक नागरिकलाई स्वास्थ्य बीमाको माध्यमबाट उपचार पाउने अवस्था रहेको वाग्लेको भनाइ छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *