आईसीएफसी फाइनान्सको नाफासँगै ईपीएस पनि घट्यो, अन्य सूचक कस्ता छन् ?

आईसीएफसी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

असोज मसान्तसम्म फाइनान्सको खुद नाफा र ईपीएस दुबै घटेको छ। कम्पनीको इम्पेरमेन्ट चार्ज बढेको र खुद फि तथा कमिशन आम्दानी घटेका कारण खुद नाफा घट्न पुगेको हो।

कम्पनीले समीक्षा अवधिमा ३ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २९.७९ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ४ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो त्रैमासमा कम्पनीको सञ्चालन मुनाफा ७.०१ प्रतिशतले घटेर ४ करोड ९६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ६ करोड ८० रुपैयाँ रहेको थियो।

असोज मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी ३४.९१ प्रतिशतले बढेर १४ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ११ करोड ३ लाख रुपैयाँमा सीमित थियो।

पहिलो त्रैमासमा कम्पनीले १८ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

हाल चुक्तापुँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४९ करोड ७४ लाख रुपैयाँ सञ्चित रहेको छ।

कम्पनीको खराब कर्जाको अनुपात (एनपीएल) भने घटेर १.३१ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष एनपीएल १.७८ प्रतिशत थियो ।

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ११.८७ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस १८.६१ रुपैयाँ रहेको थियो। पीई रेसियो ३६.८९ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १५६.३२ रुपैयाँ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *