सुनको मूल्यमा सामान्य वृद्धि

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापवाला सुन ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार २१५ रुपैयाँ कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *