मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनआईसी एसिया ब्यालेन्स्ड फण्ड र एनआईसी एसिया ग्रोथ फण्डको इकाईमूल्य समायोजन भएको छ।
एनआईसी एसिया बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे एनआईसी एसिया म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एसिया ग्रोथ फण्ड, एनआईसी एसिया ब्यालेन्स फण्डकाे मूल्य समायाेजन भएकाे हाे ।
समायोजनपश्चात एनआईसी एसिया ब्यालेन्स्ड फण्ड को इकाईमूल्य ८ रुपैयाँ ७८ पैसा कामय भएको छ भने एनआईसी ग्रोथ फण्डको इकाईमूल्य ९ रुपैयाँ २५ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी फण्डहरुको इकाईमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार नेप्सेमा एनआईसी एसिया ब्यालेन्स्ड फण्डको इकाई १० रुपैयाँ ८ पैसा र एनआईसी ग्रोथ फण्ड (को १० रुपैयाँ ५५ पैसामा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यका आधारमा दोस्रो बजारमा यी फण्डहरुको कारोबार खुल्नेछ।







