साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ६०० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार सुनको मूल्य स्थिर रहेको थियो। यो दिन छापावाला सुन प्रतिताेला ९४ हजार २०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार १८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार १९० रुपैयाँमा किनबेच भएको थियो ।
Artha Sanjal






