राष्ट्र बैंकद्वारा मर्जर सम्बन्धी नियमावली संशोधन

नेपाल राष्ट्र बैंकले मर्जर सम्बन्धि नियमावली संशोधन गरेको छ । राष्ट्र बैंकले बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ मा पाचौ संशोधन गरेको छ ।

पाचौ संशोधनले बैंकहरु एक आपसमा मर्ज हुँदा शेयर कारोबार रोक्का हुने समबन्धित विषय हटाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नेसम्बन्धी राष्ट्र बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमनबमोजिम हुने व्यवस्था मिलाइने उल्लेख थियो । सोहि अनुसार राष्ट्र बैंकले नियमावली नै संशोधन गरेर नीतिगत ब्यबस्था गरेको हो ।

पाचौ संशोधनले मर्जर सम्झौता गरेपछि सैदान्तिक सहमति माग गर्दा नेपाल धितोपत्र विनिमय बजार लिमिटेडबाट गाभ्ने गाभिने वा लक्षित संस्थाको शेयर कारोवार रोक्का गरिएको पत्र चाहिने ब्यबस्था खारेज गरेको छ । अब बैंकहरुले मर्जर सम्झौता गरेपछि कारोबार रोक्का गरिएको पत्र पेश गर्नु पर्ने छैन ।

त्यस्तै नियमावलीमा रहेको निम्न ब्यबस्था हटाईएको छ : “गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिशन) कार्य सम्पन्न भए पश्चात् रोक्का रहेको शेयर कारोबारलाई आवश्यक प्रक्रियाबाट फुकुवा गर्ने व्यवस्था मिलाउनु पर्नेछ । यद्यपि सम्बन्धित संस्थाहरु सहमत भएको अवस्थामा गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिशन) को अन्तिम स्वीकृतिको निवेदन पेश गरे पश्चात्रोक्का रहेको शेयर कारोबार फुकुवा गर्न सकिनेछ । “

त्यस्तै पाचौ संशोधनले गाभ्ने/गाभिने वा प्राप्ति (एक्विजिशन) का कारण संस्थाको कर्जा निक्षेप अनुपात (CD ratio) तोकिएको सीमाभन्दा माथि गएमा राष्ट्र बैङ्कको निर्देशन बमोजिम हुने गरी गाभिएको वा प्राप्ति (एक्विजिशन) कार्य सम्पन्न भएको बढीमा दुई वर्षभित्र तोकिएकोसीमाभित्र ल्याउन सकिने ब्यबस्था गरेको छ ।

नियमावलीमा ‘गाभ्ने गाभिने तथा प्राप्ति प्रयोजनका लागि शेयर कारोवारको रोक्का तथा फुकुवा नेपाल धितोपत्र बोर्डले गरेको व्यवस्था बमोजिम हुनेछ । ‘ भन्ने ब्यबस्था थप गरिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *