दसैँ बिदापछिको पहिलो कारोबार दिन आज (आइतबार) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला ९६ हजार रुपैयाँ र तेजाबी सुन ९५ हजार ५०० रुपैयाँ कायम भएको छ।
गत असोज १४ गते पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँले बढेर १ हजार २५५ रुपैयाँ कायम भएको छ। गत असोज १४ गते मूल्य स्थिर रहँदै चाँदी १ हजार १७० रुपैयाँमा किनबेच भएको थियो।







