चाडपर्वको समयमा यात्रुहरू यात्रुहरुलाई ठग्न खोज्ने १६ जना पक्राउ परेका छन् । काठमाडौंको कोटेश्वर र नयाँ बसपार्कबाट आज (बुधबार) बिहान ट्राफिक प्रहरीले यात्रुबाट तोकिएको भन्दा बढी भाडा लिन खोजेपछि पक्राउ गरेको हो । उनीहरु सबैलाई प्रहरी प्रभाग कोटेश्वर र गोंगबुमा राखिएको छ ।
बुधबार बिहान उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले कोटेश्वरबाट ८ जना र नयाँ बसपार्कबाट ८ जनालाई पक्राउ गरेको हो । चाडपर्वको समयमा यात्रुहरुलाई अनावश्यक हैरानी दिने, तोकिएको भन्दा बढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिने जस्ता बिभिन्न गतिबिधि गर्ने कार्यमा संलग्न रहेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गर्दै आएको छ ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरीने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी बरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।






