कामना सेवा विकास बैंकको कार्डमा ई-कमर्स सुविधा

कामना सेवा विकास बैंकले आफ्ना डेबिट तथा क्रेडिट कार्ड सेवाग्राहीलाई सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्स सुविधा समावेश गरेको छ।

कामना सेवा विकास बैंकका कार्ड सेवाग्राहीले अनलाइनमार्फत सामान खरिद गरी आफ्नो ई–कमर्स सक्रिय डेबिट वा क्रेडिट कार्डमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन्। बैंकले यही असोज १० गते सोमबारदेखि यो सुविधा लागू गरेको हो।

बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो कार्डमार्फत यो सुविधा लिन  आफ्नो नजिकैको शाखामा गई सजिलै ई–कमर्स सुविधा सुचारु गराउन सक्नेछन्।

यसका साथै बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले चाडपर्वको अवसरमा ई–कमर्स सक्रिय कार्डमार्फत सस्तोडिलमा अनलाइन किनमेल गर्दा २० प्रतिशत वा रु.  २ हजारसम्मको नगद छुटको लाभ लिन सक्नेछन्।

बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो सुविधा ल्याएको हो। यसका साथै आगामी दिनहरुमा समेत अन्य सेवा सुविधाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *