नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकर लाइसेन्सका आवेदन दिनुपूर्वको आवश्यक तयारी नबिल इन्भेष्टमेन्ट बैंकिङले गरिदिने

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा नयाँ धितोपत्र बजार (स्टक एक्सचेन्ज), वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) र धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (ब्रोकर/डिलर) लाइसेन्सका आवेदन दिनुपूर्व आवश्यक पर्ने सम्पूर्ण कागजातहरु तयार पार्न सहयोग गर्ने भएको छ।

सेबोनले गत असोज २ गते सूचना प्रकाशित गर्दै नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकर लाइसेन्सका आवेदन खुला गरेको छ। यसरी कमोडिटी मार्केट सञ्चालनको अनुमति प्राप्त गर्न वा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी .(ब्रोकर/डिलर)को अनुमति तथा धितोपत्र बजार (स्टक एक्सचेन्ज) सञ्चालनका लागि संगठित संस्था स्थापना गर्ने सिफारिसका लागि सेबोनमा निवेदन दिनुपर्ने हुन्छ।

सोही निवेदन दिनुपूर्व आवश्यक पर्ने सम्पूर्ण कागजात जस्तै– कम्पनीको व्यावसायिक योजना, सम्भाव्यता अध्ययन प्रतिवेदन आदि तयारीका लागि नबिल इन्भेस्टमेन्ट बैकिङले पूर्ण सहयोग गर्ने भएको हो। आफ्नो संस्थागत परापर्श सेवाअन्तर्गत सञ्चालन गर्ने धितोपत्र व्यवसायको किसिमअनुसारको सम्भाव्यता अध्ययन प्रतिवेदन, प्रक्षेपित वित्तीय विवरण, व्यवसायिक योजना, कार्य प्रणालीसम्बन्धी विवरण, जनशक्ति व्यवस्थापन निर्देशिकसहितका अन्य आवश्यक कागजातहरू तयार गरिदिने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

यो सेवा लिन चाहने व्यक्ति तथा संस्थाहरूले नबिल इन्भेस्टमेन्ट बैंकिङको संस्थागत परामर्श सेवा विभागमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *