सुनको मूल्य २०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य घट्यो

नेपाली बजारमा आज सुनको  मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो । योसँगै आज छापावाला सुन प्रतितोला  ९१ हजार ६०० रुपैयाँ र तेजाबी सुन  ९१ हजार १०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको थियो । यो दिन आज छापावाला सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार १४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर १ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *