लगातार घटेकाे सेयर बजार आज बुधबार बढेको छ । सेयर बजार आज ११.१९ अंकले बढेर नेप्से परिसूचक १८४८.८० को विन्दुमा राेकिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.०१ अंकले उकालो लागेर ३६०.८८ को विन्दुमा पुगेको छ। कारोबार रकम १ अर्ब रुपैयाँकाे भएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ ।
यो दिन वित्त समूह सर्वाधिक १.७९ प्रतिशतले उकालो लागेको छ । विकास बैंक समूहमा १.३८ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.५१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.०१ प्रतिशत, जलविद्युत समूहमा ०.५९ प्रतिशत, लगानी समूहमा ०.५९ प्रतिशत, जीवन बीमा समूहमा ०.३२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.१५ प्रतिशत, लघुवित्त समूहमा ०.७० प्रतिशत, निर्जीवन बीमा समूहमा ०.२६ प्रतिशत, अन्य समूहमा ०.१९ प्रतिशत र व्यापार समूहमा ०.७७ प्रतिशतको बढोत्तरी भएको छ ।
आज म्युचुअल फन्ड समूह मात्रै ०.४४ प्रतिशतले ओरालो लागेको छ। आज नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका २५ लाख ३१ हजार ३७० कित्ता सेयर ७२ करोड १२ लाख ५९ हजार ८८५ रुपैयाँमा काराेबार भएका छन्।
यो दिन नबिल बैंकको सर्वाधिक ३ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिडी पावरको २ करोड ४१ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको २ करोड ३९ लाख रुपैयाँ, अपी पावरको १ करोड ८६ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको १ करोड ७६ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १ करोड ६७ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १ करोड ५१ लाख रुपैयाँ, शिवम सिमेन्टको १ करोड ४५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ४३ लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको १ करोड ३५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने आज सामलिंग पावरका सेयरधनीहरु मालामाल भए । यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
यो दिन विन नेपाल लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए । यो लघुवित्तको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ ।







