दूरसञ्चार प्राधिकरणद्वारा एनसेलसँग सेवा अवरुद्ध हुनुको कारण माग

नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई सेवा अवरुद्ध हुनुको कारण माग गरेको छ । आज (मंगलबार) बिहान केही घण्टा एनसेलको सेवा अवरुद्ध भएको थियो । तर सेवा अवरुद्ध हुँदा एनसेलले सेवाग्राही र दूरसञ्चार सेवा प्रदायक कम्पनीको नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई कुनै जनकारी दिएको थिएन ।

एनसेलले आफ्नो सेवा बन्द भएकोबारे आधिकारिक कुनै धारण सार्वजनिक नगरेपछि प्राधिकरणले कारण माग गरेको हो । अहिले पुनः सेवा सञ्चालनमा आएपछि पनि एनसेलले सेवा अवरुद्ध हुनुको कारणबारे नखुलाएपछि प्राधिकरणले के कारणले सेवा अवरुद्ध भएको हो जानकारी गराउन निर्देशन दिएको हो ।

प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले एनसेललाई के कारणले सेवा अवरुद्ध भएको हो जानकारी गराउनका लागि नभिएको जानकारी दिए । उनका अनुसार भोलि वा केही दिनमा एनसेलले त्यसबारे जानकरी दिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *