ग्लोबल आइएमई बैंकको साधारण सभा

ग्लोबल आइएमई बैंक लिमिटेडले १५औं वार्षिक साधारण सभा सोमवार  गर्दैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुनेछ । सभाले गत आर्थिक वर्ष ०७७÷७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल १३ दशमलव ५ प्रतिशत लाभांशलाई समेत अन्तिम रुप दिनेछ । बैंकले मंसिर १३ गते एक दिन बुक क्लोज गरेको छ ।

बैंकको  सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । बैंकले हाल कायम चुक्तापूँजी रू. २१ अर्ब ६३ करोड २५ लाख ३ हजारको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो ।  बुक क्लोजको आधारमा मंसिर १२ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिनका लागि योग्य भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *